
डडेल्धुरा । कोरोन भाइरस रंक्रमणको रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मी अग्रपंक्तिमा खटिरहेको बेला डडेल्धुरा अस्पतालका एक कर्मचारी भने ड्युटीका बेला मदिरा सेवन गरि नशामा झुम्मिने गरेको पाइएको छ ।
सधैसजो मादक पदार्थ सेवन गरेर कार्यालय जाने सिनियर अहेब दिलिपसिंह साउँद अस्पताल प्रशासनको लागि टाउको दुखाईको कारण बनिरहेका छन् । अस्पताल स्रोतका अनुसार साउँद दैनिकजसो मादक पदार्थ सेवन गरेर अस्पतालमा होहल्ला गर्ने र बिरामी लगायत समग्र अस्पताल प्रशसनलाइ नै हैरान बनाइरहेका छन् ।
उनी अस्पतालको इमर्जेन्सी वार्डमा कार्यरत हुन् । केही समय अघि मात्रै सरुवा भएर डडेल्धुरा आएका अहेब साउँदलाई प्रहरीले तीन पटक थुनामा राखिसकेको छ । मंगलबार मात्रै तेस्रो पटक उनीलाई नियन्त्रणमा लिएर थुनामा राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।
यस विषयमा डडेल्धुरा अस्पतालमा मेसु जगदिश विष्टले साउँदले गल्ती गरेको भए नियमानुसार कारवाही अगाडी बढ्ने बताएका छन् । आशिष मल्ल