
अमेरिकामा कोरोना भाइरसको महामारीले तबाही मच्चयाएको छ। कोरोना भाइरसबाट अहिलेसम्म १० लाख मानिस संक्रमित भएका छन् भने ५६ हजार बढीको मृत्यु भएको छ। उपचारका क्रममा डाक्टरले विभिन्न चुनौतीको सामना गर्नुपरेको छ। यसै क्रममा एक व्यक्ति मृत्युको मुखबाट बाहिर निस्किएको मार्मिक खबर बाहिरीएको छ।
अमेरिकाको म्यासाचुसेट्समा बस्ने ४९ वर्षीय जिम बेलो पेशाले वकिल हुन्। उनले एथलेटिक्समा पनि भाग लिदै आएका थिए। उनी स्वस्थ र पहिले देखिनै निरोगी थिए। तर कोरोना भाइरस संक्रमणका कारण उनको अवस्था निकै खबर बन्दै गएको थियो। डाक्टरले उनकी पत्नी किम बेलोसँग उनको बाँच्ने सम्भावना निकै कम रहेको बताएका थिए। जिम बेलोको फोक्सोले लकभग काम गर्न बन्द गरिसकेको थियो। डाक्टरले उनको एक्सरे रिर्पोट हेरेर बाँच्ने आशा मारिसकेका थिए। एसै क्रममा एक दिन डाक्टरले उनकी पत्नीलाई पतिसँग भेटन अस्पातलमा बोलाए। उनले दोस्रो पटक आफ्ना पतिसँग भेट गर्दै थिइन्।
उनले घण्टौ आफ्ना पतिसँग कुरा गरिन्। पत्नीले लगातार ३ घण्टा कुरा गरेपछि उनको स्वास्थ्यमा विस्तारै सुधार आउन थाल्यो। भेटमा उनकी पत्नीले आफ्ना लागि जिम बेलोको निकै महत्व रहेको बताइन्। त्यो बेला उनले आफ्ना सबै कुरा पनिसँग शेयर गरिन्। उनले पतिलाई जसरी नी बाँच्नु पर्ने बताइन्। आफूलाई छोडेर नजान उनले पतिसँग निकै आग्रह गरिन्। त्यसपछि जुन चमत्कार भयो त्यो देखेर चिकित्सक समेत चकित बने। विस्तारै उनको स्वास्थ्यमा सुधार हुन थाल्यो। पत्नीसँग ३ घण्टा कुरा गरेपछि उनको एकसरे रिर्पोटमा पनि सुधार देखियो। स्वास्थ्यमा सुधार आएपछि उनलाई डाक्टरले अस्पतालबाट डिस्चार्ज गरेका छन्। उनले यतिबेला घरमै आराम गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।