
दोहा , विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि कतारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग पठाउने भएको छ ।अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा नेपाल संगै रुवाण्डा र टुनेसियामा आपतकालीन स्वास्थ्य सामग्री सहयोग पठाउन लागिएको कतार न्यूज एजेन्सीले बताएको छ ।कतारले यसअघि पनि इटाली,इरान र गाजामा अन्तर्राष्ट्रिय सहयोग अभियानमा स्वास्थ्य सामग्री सहयोग पठाईसकेको छ । स्वास्थ्य सामग्री संगै कतारले इटालीमा दुई फिल्ड अस्पताल समेत पठाएको थियो ।
त्यस्तै कतारमा पछीलो २४ घण्टामा ३,४२० जनामा जाँच गर्दा थप ९५७ जनामा कोरोना भाइरस (’कोभिड-१९) संक्रमण भेटिएको छ भने ५४ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ११,२४४ पुगेको छ ।यो संख्या हाल सम्मकै उच्च हो । बिगत केही दिन देखी कतारमा संक्रमण बढ्दो अवस्थामा छ ।हालसम्म १,०६६ जना निको भएर घर फर्किएका छन् भने १०,१६८ जना उपचारत छन् । आज सम्म ८५,७०९ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ ।भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृत्यु भएको छ ।
HH the Amir has directed sending urgent medical aid to the Federal Democratic Republic of Nepal and the Republic of Rwanda, in support of the efforts of friends in both countries to fight the outbreak of the new coronavirus (COVID-19) pandemic. #QNA pic.twitter.com/FMM9iUNJZj
— Qatar News Agency (@QNAEnglish) April 27, 2020