
रोल्पा – रोल्पा माडीगाउँ गाउँपालिका वडा न. २ पारिवाङमा रहेको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय एक पुरुषको मृत्यु भएको छ। काठमाडाैंबाट फर्केरक्वारेन्टाइनमाबसेका उनी उनी ५ दिन अगाडि रोल्पा आएका थिए।
परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि बिद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो। उनको गए राति ११ मृत्यु भएको हो।
माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार सदरमुकामबाट चिकित्सक स्वाब लिन घर्तीगाउँ पुगेका छन्।