
१६ वैशाख, काठमाडौं । काठमाडौंमा पछिल्लो केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ । घरमा बस्दा बस्दा मानिसहरु आजित भएर बाहिर निस्कन थालेका छन् ।
सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा बाक्लो संख्यामा गाडी गुड्ने गरेका छन् । सोमबार मात्र गृहमत्न्त्रालयले लकडाउन कडा बनाउन निर्देशन दिएपनि सडकमा सवारीको ताँती नै देखिन्छ ।
हेर्नुहोस् तस्वीरहरु
फाेटाे : सुनिल श्रेष्ठ