
विश्व आफ्नै गतिमा अगाडी बढिरहेको बेलामा हाम्रो छिमेकी मुलुक चिनको वुहान प्रान्तमा नयाँ भाइरस देखिएको हल्ला आगो सरी फेलियो । मानिसहरुले त्यसको बारेमा विभिन्न अड्कलबाजी काट्न थाले । केहीले चिनलाई सरापे भने केहिले आफ्नो देशमा पनि आइपुग्छ कि भनेर सतर्कता अपनाउन थाले ।
चिनको वुहान देखिएको भाइरस ३ महिनाभित्रमा विश्व नै फैलियो र यसबाट बच्नको लागि मास्क नै सबैभन्दा ठूलो उपाय हो भनेर विश्व स्वास्थ्य संगठनले मास्क लगाउने विश्वभरका नागरिहरुलाई अनुरोध गर्यो । त्यसपश्चात मास्कको हाहाकार फैलिएको समाचार समेत प्रकाशित भए ।
केहिले भित्री वस्त्रको मास्क बनाएर लगाए भने केहिले सालको पात भाडा वर्तनको मास्क लगाएर भाइरल नै बने । मंगलवार मध्यान्हमा गल्फन्यूजले कोरोना बाट बच्न लगाइने मास्क फेसन बनेको व्याख्या गर्दै एउटा समाचार प्रकाशित गरेको छ । समाचारमा हलिउडमा मास्कलाई फेसनको रुपमा प्रयोग गरेको उल्लेख गरिएको छ ।
अमेरिकाका चर्चित गायक बिल्ली इलिसले ग्रामी अवार्डमा सहभागी हुदाँ गुच्चीले डिजाइन गरेको फेसमाक्स लगाएर उपस्थित भएका थिए । कोरोना केहि महिनामा नै विश्वभर फैलिएसँगै मास्को फेसन पनि बढेर गएको पाइएको छ ।
त्यस्तै इलिस, जस्टिन बिबर , एराइन ग्राण्डेलगायतले च्यारेटीमा फेसनएबल मास्क लगाएर उपस्थित भएका थिए ।
हेर्नुहोस फोटो
https://www.instagram.com/p/B9v_t7tlKt3/?utm_source=ig_embed
https://www.instagram.com/p/B9vFt2ansCI/?utm_source=ig_embed
https://www.instagram.com/p/B-kcNPMjMIA/?utm_source=ig_embed