
नेपालको नम्बर १ नायिक भनेर चिनिने रेखा थापा राजीतिक विषयमा पनि चासो राख्छिन् । प्रचण्डसँग नाचेर चर्चामा आएकी रेखा स्वतन्त्र विचार राख्न रुचाउँछिन् । कहिले भारतमा अलपत्र रहेका नेपालीलाई नेपाल भित्राउन पहल गर्छिन् त कहिले मजदुरको विषयमा आफ्नो भनाइ राख्न पछि पर्दिन्न ।
मंगलवार मध्यान्हमा उनले स्टाटस लेख्दै राजनीति प्रति गुनासो पोखेकी हुन् । उनले भनेको छिन् ,”हिजो भोट माग्दा- केपी ओली बाहेक अरुको नाममा बहुमत आउथेन । त्यती बेला केपी ओलीको फेर समातेर कती जनाको नाउले किनारा भेट्टायो । एक-साथ ज्यान हत्केलामा राखेर लडेका बिप्लव, सुदर्शन, प्रकाण्ड आदिलाई प्रतिबन्ध लगाइ जेल कोच्न सक्ने । गजबको नैतीकता हुदो रहेछ राजनीतिमा । खोलो तर्यो लौरो बिर्स्यो । एक एक गरेर उपयोग गर अनी सिध्याउको रणनितीले सबै मौसममा काम गर्ला त?”