
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणाबीच भेटवार्ता भएको छ ।
सोमबार राति अबेर भएको भेटघाटले सन्देह पैदा गरेको छ । ओली र राणाबीचको भेटघाटलाई असमान्य लिन नहुने भएपनि परिस्थिति र राजनीतिक संकटको अवस्थामा भएको भेटले यस्तो गरेको हो ।
राति अबेर प्रधानन्यायधिश निवासबाट भित्रि गेट हुँदै प्रधानमन्त्री निवास छिरेका राणाबीचको भेटले राजनीतिक संकट निम्त्याउन लागेको हो कि भनेर आशंका समेत पैदा गरेको छ ।
दुवै निवासहरु एकापसमा जोडिएका छन् भने एकबाट अर्कोमा प्रवेश गर्ने एउटा सामान्य बन्द गेट रहेको छ । सोही गेट खोलेर यो भेटघाट भएको बताइएको छ ।
किन पैदा भयो सन्देह
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीसँग असन्तुष्ट रहँदै आएका नेताहरु त्यतिबेला ओलीका विरुद्द संगठित भए जतिबेला ओलीले पार्टीमा छलफल विना नै दल विभाजन र संबैधानिक परिषदसम्बन्धि दुई अध्यादेश अचानक ल्याए ।
ओलीले ति अध्यादेश ल्याउनका लागी न पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाहा गर्न आवश्यक ठाने नत अन्य नेताहरुसँग नै । बरु चर्चा चल्न नपाउँदै राष्ट्रपति विद्यादेवि भण्डारीको सेटिङमा केही घण्टा वित्न नपाउँदै जारी गरे ।
पार्टीलाई नटेरेको भन्दै प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालको गठबन्धन बन्यो र अध्यादेश फिर्ता नगरिए ओलीलाई हटाउनेसम्मको तयारी थालियो । विपक्षी दलको विरोधका बिच राजपा र समाजवादी फुटाउनका लागी सांसद अपहरणसम्मको घटना घट्न पुग्यो । यी दुई दल फुटाउन र अपहरणमा ओलीको संलग्नता देखियो भने राजपा र समाजवादी मिलेर पार्टी एकिरण भयो ।
सबै दवावका बाबाजुद प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिए तर उनको संकट टरेन । अहिले पनि प्रचण्ड ओली गठबन्धनले ओली पक्षलाई पार्टी र संसदका सबै तहमा अल्पमतमा पारेको छ ।
नेकपा ९ सदस्यीय सचिवालयमा त ओलीसँग इश्वर पोखरेल बाहेक अरु खुलेका छैनन् । प्रधानमन्त्री र अध्यक्षबाट समेत हटाउने तयारी गरेको गठबन्धनले ओलीलाई निकै संकटमा धकेलेको छ ।
ओलीले आफैले सिर्जना गरेको संकट टार्नका लागी ओलीले संसद विघठन, संकटकालको घोषणा तथा मध्यवधि निर्बाचन घोषणा गर्ने तयारी गरेका हल्लाहरु समेत चलिरहेको समयमा भएकाे यो गोप्य भेटले सन्देह पैदा गरेको छ ।