
काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरका ३० लाख भन्दा धेरै मानिसमा फैलिसकेको छ । मंगलबार बिहानसम्म विश्वभर रहेका ३० लाख ६३ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ ।
९ लाख २१ हजार ३ सय १४ जना निको भइसकेका छन् भने १९ लाख ३० हजार २ सय ४७ कोरोना संक्रमितको उपचार भइरहेको छ । ५६ हजार २ सय ९७ को अवस्था चिन्ताजनक रहेको ५ ।
अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनको संख्या २ लाख ११ हजार ५ सय ३३ पुगेको छ ।
कोरोना संक्रमणको बिरामीका मृत्युदर १९ प्रतिशत रहेको छ भने निको हुने दर ८१ प्रतिशत रहेको छ ।
अमेरिकामा मात्रै १० लाख ८ हजारभन्दा धेरै संक्रमित छन् । हाल अमेरिकामा ८ लाख १३ हजार ७८९ कोरोना संक्रमित छन् । यसमध्ये १४ हजार १७५ को अवस्था गम्भीर रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल कोरोनाको संक्रमण विश्वका २१३ देशमा फैलिसकेको छ ।