
इटहरी । सरकारले अति आवश्यक देखि बाहेक २५ जना भन्दा बढी मानिसको भिडभाड नगर्न निर्देशन जारी गरेको छ । तर मोरङ जिल्लाको सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालकी आमाको अन्त्येष्टिमा हजारौं मानिस भेला भएका छन् ।
लकडाउन उल्लंघन गर्दै मलामीमा सयौं मानिस भेला भएका हुन् । जनप्रतिनिधि त्यसमाथि पनि मेयरलाई परेको शोकमा सहभागि भएको सहभागिहरुको भनाई छ ।
ढकालकी आमा इन्द्रकुमारीको मृत्यु सोमबार राती ३ बजे ७९ वर्षको उमेरमा भएको थियो ।
आमाको मृत्युबारे मेयर ढकालले बिहान फेसबुकमार्फत् जानकारी दिएका थिए । बिहान इटहरीस्थित बुढीगंगा जमुना मुक्ति घाटमा गरिएको अन्त्येष्टिमा सुनसरी र मोरंगका झण्डै दुई हजार जनाले सहभागिता जनाएको बताइएको छ ।
इन्द्रकुमारी लामो समयदेखि उपचाररत थिइन् ।
झापामा पनि उस्तै
यही बैशाख ५ गते झापाको भद्रपुर नगरपालिका ४ की एक मुस्लीम समुदायकी महिलाको निधन भएपछि स्थानीय ताराबारी भन्ने स्थानमा गरीएको अन्त्यष्टीमा ३ सय जना भन्दा बढी मलामी भेला भएको पाईएको थियो ।
मलामी जानेमा भद्रपुर नगरपालिकाका मेयर जिवनकुमार श्रेष्ठ समेत रहेको स्थानीयले बताएका छन् । पढ्नुहोस सोबारे थप समाचार तलको लिंकबाट