देशकै प्रमुख सुपरमार्केट भाटभटेनी सुपरस्टोरले अधिकतम बिक्री मूल्य (एमआरपी)भन्दा बढी मूल्य लिने गरेको बारम्बार गुनासो आउने गरेको छ ।
यो सुपरस्टोरले विदेशबाट आयातीत सामानमा आफ्नै नयाँ मूल्य सूची बनाइ स्टिकर टाँसेर बढी मूल्य लिने गरेको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको फेला परेको छ ।
देशभरि लकडाउन हुँदा अन्य बजारहरू सीमित समय खुला गर्न दिइए पनि भाटभटेनीलाइ भने दिनभर खोल्न दिइएको छ ।
संकटकालीन अवस्थामा माैकाका फाइदा उठाउँदै आएको गुनासाेपछि सोमबार विभागले अनुगमन गर्दा बढी मूल्य लिएको फेला परेको हो ।
विभागले गरेको अनुगमनमा भाटभटेनी सुपरमार्केटको मुख्य बजार टंगालले उपभाेग्य सामानमा एमआरपीभन्दा बढी मूल्य लिइ बिक्री गरेकाे पाइएकाले विभागले उपभोक्ता संरक्षण ऐनबमाेजिम रु ३ लाख जरिवाना गरिएको जनाएको छ ।
भाटभटेनी सुपरमार्केट टंगालले उपभाेग्य सामानमा एम.आर.पी. भन्दा वढीमूल्य लिइ बिक्रीगरेकाे पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५को१६(२)(क)बमाेजिम काम गरेकोले३८(ङ) काे कसुरमा ३९ (१)(ख) वमोजिम रु ३ लाख जरिवाना गरिएको ।@Baikuntha_Aryal @NPrayas @D_Prakash2020 @RabindraAchary1@dkhanalnp pic.twitter.com/YiksHkEmfc
— बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1) April 27, 2020