
आज नेपाल लकडाउनको ३५ औँ दिन हो । कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले चैत ११ गते लकडाउन घोषणा गरेयता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ । यो बन्दाबन्दीको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन ।
काठमाडौंका प्रायः सबैक्षेत्रमा पुग्दा नागरिकहरुले बन्दाबन्दीको पालना गरेको पाइएको छ । केही स्थानमा सर्वसाधारण अत्यावश्यक सामग्री खरिद गर्न घर नजिकको पसलमा पुगेको देखिएको छ ।
मौसममा आएको परिवर्तन र लकडाउनले गर्दा मानिसहरु घरभित्रै बस्न बाध्य छन् । आज हामीले कलंकीको भाटभटेनी र त्यसको आसपासको फोटो लिएर आएका छौं । एकदमै मनोरम देखिने तस्विरहरु सुनिल श्रेष्ठले खिचेका हुन् । उनी सक्रिय ट्वीटे हुन् ।
हेर्नुहोस फोटोफिचर ।