
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले अबको ४८ घण्टामा एउटा खतरनाक घटनाक्रम आकाशमा देखिनसक्ने जनाएको छ। कोरोना महामारी विरुद्ध संघर्ष गरिरहेको विश्वको अगाडि नयाँ समस्या आउँने पो होकी भन्दै वैज्ञानिकहरू चिन्तित बनेका छन्।
नासाका अनुसार एस्टेरोयड (एक ठुलो तारा) पृथ्वीतर्फ आएर खस्न लागेको छ। यो तारा पृथ्वीबाट करिब ६४ लाख किलोमिटर पर खस्ने नासाको अनुमान छ। तर, यदि दिशामा थोरै परिवर्तन भएमा खतराको सम्भावना बढी छ।
Big asteroid shows itself ahead of Earth flyby on April 29 https://t.co/3nlInK4lQB pic.twitter.com/nKZTTityEq
— Live Science (@LiveScience) April 25, 2020
अन्तरीक्ष विज्ञानमा यो दूरी धेरै मानिदैन्। र कम पनि हैन्। यदि यो उल्कापिण्ड पृथ्वीमा खसेर कुनै बस्तुसँग ठोक्किए ठूलो दुर्घटना हुनसक्छ । सुनामी जान सक्ने वा कयौँ देश बवार्द हुन सक्ने बताइएको छ। विश्वकै अग्लो चुचुरो सगरमाथाभन्दा कयौँ गुणा ठूलो रहेको भनिएको यो तारा अप्रिल २९ सम्ममा खस्नेबारे नासाले डेढ महिना अघिनै खुलासा गरेको थियो। नासाका अनुसार ताराको तिब्रता ३१ हजार ३ सय १९ किलोमिटर प्रतिघण्टा रहेको छ अर्थात करिब ८८२ किलोमिटर प्रति सेकेण्ड छ।
Large asteroid will fly by the Earth next month, but won’t hit us, reassures NASA https://t.co/QWNZl5rgQw pic.twitter.com/TMWVbh9Zxg
— AlphaTime News (@AlphaTimeNews) March 14, 2020
पृथ्वीबाट टाढा खस्ने भएकाले डराउनुपर्ने अवस्था नरहेको नासाका वैज्ञानिकहरुको भनाई छ। केही वैज्ञानिकले भने चिन्ता व्यक्त गर्ने गरेका छन्। यो उल्का पिण्डलाई नासाका वैज्ञानिकले सबैभन्दा पहिले सन् १९९८ मा देखेका थिए। यसको ब्यास करिब ४ किलोमिटरको छ।
Airplanes fly about 600 mph, but the @Space_Station orbits Earth at 17,500 mph & looks like a very bright star moving across the sky. Did you know that you can track when the station will pass overhead? Find out when & where to #SpotTheStation: https://t.co/IV6AZcGh8B #NASAatHome pic.twitter.com/55bUe1yoOs
— NASA (@NASA) April 26, 2020
यो तारा अप्रिल २९ मा पृथ्वी नजिक खस्ने अनुमान गरिएको छ। खगोदविद्का अनुसार यस्ता तारा हरेक एक सय वर्षमा ५० हजार पटक पृथ्वीमा ठोक्किने सम्भावना हुने गर्दछन्। यी तारा प्रायः वायु मण्डलमा आउनासाथ जल्ने गर्दछन्। यसबाट ठूलो नोक्सान नहुने पनि बताइएको समाचारमा उल्लेख छ।