
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा निर्णायक वार्ता जारी छ ।उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै माधव नेपालसहित विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी छन् ।यसअघि ओली र नेपालबीच बालुवाटारमा वार्ता भएको थियो । ओली र नेपालबीचको छलफलमा दुवै तर्फका नेतालाई विवाद मिलाउने जिम्वारी दिएको स्रोतले बताएको छ ।
दुवै पक्षका नेताहरुको छलफलले ठोस निष्कर्ष निकाल्ने छ । जसमा ओलीले सरकार मात्रै चलाउने र पार्टीको जिम्मेवारी अरु नै नेतालाई दिनसक्ने स्रोतको दावी छ ।सरकारका काम कारबाहीको समीक्षासँगै राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदको अध्यादेशलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले तत्काल स्थायी कमिटी बैठक बो’लाउन मा’ग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म अल्पमतमा परेकाले स्थायी कमिटी बैठक टार्दै आएका छन्।