काठमाडौं : सरकारले कोरियन भाषा परीक्षा ईपीएस पास भएर छनोट भएका श्रमिकलाई लकडाउनकै अवधिमा कोरिया जान दिने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने तयारीमा रहेका युवालाई दुई देशको सल्लाह र सहमतिमा कोरिया जान दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए।
तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको छ ।
‘ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने श्रमिकलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया लानका लागि अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ’, प्रवक्ता खतिवडाले भने।
सँगै सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सिमा नाकालाई बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।