
काठमाडौं । आइतबार देशभर हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षा एवं देशभर सामान्य बदली रहने महाशाखाको अनुमान छ ।
पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी पर्ने एवं बेलुका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । सामान्य हिमपात पर्ने भए पनि आरोहणमा जानेहरुले भने सावधानी अपनाउनुपर्ने मौसमविद्हरुले जनाएका छन् ।
हाल प्रदेश १,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेश को तराई भू-भाग तथा आसपासका पहाडी भू-भागमा मेघ गर्जन/चट्टयाङ/असिना/हावाहुरी गराउने प्रणाली विकसित भइरहेको र उत्तर-पूर्वतिर सर्दै गरेको हुनाले सतर्क रहनहुन अनुरोध छ । pic.twitter.com/M2j7q8gUB8
— Nepal Weather Forecast (@DHM_Weather) April 26, 2020