
काठमाडौं । कोरोनाभाईरस (कोभिड–१९) को ४ जनासंक्रमित निको भएर घर फर्किएका छन् ।
कोभिड–१९ सम्बधि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४ जना संक्रमित निको भएर घर फर्किएको बताएका हुन् ।
१९ वर्षिय पुरुष १२ दिनपछि र अन्य ३ पुरुष दिनपछि निको भएर घर फर्किएका हुन् ।
योसँगै काेराेना जितेर घर फर्किनेकाे संख्या १६ पुगेकाे छ । भने ३५ जना देशका विभिन्न अस्पतालमा उपचाररथ रहेका छन् ।
अहिलेसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ जसमध्ये १६ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् भने ३५ जना उपचाररथ छन् ।