
तत्कालीन समाजवादी पार्टी (हाल जनता समाजवादी) का सांसद डा. सुरेन्द्र यादवलाई अप हरण गरेको अभि योगमा उ जुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ।
सतारुढ दल नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अप हरण तथा शरीर बन्धकसम्बन्धी उ जुरी दर्ता गर्न प्रहरी परिसर काठमाडौंले अस्वीकार गरेको हो।
उजुरी दर्ता गर्न जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, सांसद डा.यादवलगायत नेताहरू आज प्रहरी परिसर पुगेका थिए। तर, प्रहरी परिसरले उ जुरी दर्ता गर्न नमानेको भन्दै अध्यक्ष भट्टराईले ट्विटरमार्फत् आक्रोश व्यक्त गरेका छन्।
यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?#SaveDrYadav pic.twitter.com/vofzToFBPZ
— Baburam Bhattarai (@brb1954) April 26, 2020
परिसरको मुद्दा शाखाका प्रमुख डिएसपी कृष्ण चन्दले सांसद यादवको घ टना महोत्तरीमा भएको भन्दै उतै जाहेरी दिन भनिरहेका छन्।
हेर्नुहोस भिडियो