अस्ट्रेलिया : मर्निङवाकमा निस्किएका एक नेपाली युवककाे कारकाे ठक्करबाट ज्यान गएकाे छ । बुधबार सिड्नीकाे एडमण्डसन पार्कमा बस्दै आएका ३० वर्षिय युवक ससुरासंग मर्निङवाकमा निस्किएका थिए ।
पछाडीबाट आईरहेकाे कारले युवकलाई बिहान साढे ५ बजे ठक्कर दिदा घटनास्थलमै ज्यान गएकाे न्यु साउथ वेल्स प्रहरीले जनाएकाे छ । घाईते युवकलाई घटनास्थलमै उपचार गर्ने प्रयास सफल हुन नसकेकाे प्रहरीद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ । ससुरा भने सकुसल छन् ।
पुन थरका मृतक युवक म्याग्दी जिल्ला अन्नपुर्ण १ काे रहेकाे म्याग्दी प्रवासी नेपाली संघ अष्ट्रेलियाले जनाएकाे छ । ठक्कर दिने कारका चालक पनि नेपाली नै रहेकाे बुझिएकाे एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिनुभयाे । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।
नेपालीहरुको बाक्लो बस्ती रहेको सिड्नीको एड्मन्सन पार्कमा बस्दै आएका म्याग्दीका गोपाल पुन मगरलाई मोर्निङवाकमा रहेका बेला क्रोसिया एभिन्यूमा कारले ठक्कर दिएको प्रहरीले जनाएको छ।कारको ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको थियो। पुन म्याग्दी अन्नपूर्ण-१ दोवाका हुन्।