
तिलगंगा अस्पताल नजिकै कार दुर्घटना भएको छ।
कारको ठक्करबाट ट्राफिक प्रहरी जवान घाइते भएकी छिन्।
शनिबार साँझ बा २१ च८५३० नम्बरको कारले ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवान राधा चन्दलाई ठक्कर दिएको हो।
चन्दको उपचारका लागि ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा पठाइएको डिएसपी प्रदिप कुमार सिंहले जानकारी दिए।
‘उनको अवस्था धेरै गम्भीर पनि छैन सामान्य पनि छैन,’उनले भने,’खुट्टा चाहिँ फ्र्याक्चर भएको छ अरू उपचार हुँदैछ।’
प्रहरीले कारका चालक विक्रम राईलाई नियन्त्रणमा लिएको छ।
‘के कारणले दुर्घटना भएको भन्ने अनुसन्धान हुँदैछ विस्तृत रूपमा पछि आउला,’उनले भने।