
धरान / कोरोना संक्रमणका कारण धरानमा स्थायी घर भइ बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका अमरको ज्यान गएको छ ।
धरान -११ कल्याण चोकका अमर बान्तवाको कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएको हो ।
मृत्युको खबर पाएको एक साता अघि श्रीमतीलाई कोरोना संक्रमणका कारण क्वारेन्टइनमा रहको बताएका अमरको एक साता अघि दुबई स्थित अमेरिकन अस्पतालमा निधन भएको उनकी श्रीमती हरीमाया राई बताइन् ।
मृतक राईको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको मेडिकल रिपोर्ट उनि दुबईमा सेल्सम्यानको रूपमा कार्यरत कम्पनीले परिवारलाई पठाएको बताउदै अमरको शव दुबईमा नै अन्त्येष्टि गरिने र त्यसको लागि स्वीकृतिको सिफारिश पनि वडाले उपमहानगरमार्फत पठाइएको छ।
उक्त सिफारिश पत्र दुताबासमा पठाउने गरी उपमहानगरपालिकाबाट पनि परराष्ट्र मन्त्रालयमा पठाइसकेको उपमेयर मञ्जु भण्डारी सुवेदीले बताएकी छिन् ।
मृतक राईको परिवारमा श्रीमान, श्रीमती का अलवा उनका बुबा र छोरी रहेको वडा सदस्य रिजालले बताए ।