
बागलुङकी पहिलो कोरोना भाईरस संक्रमित १९ वर्षिया युवती अंशु सापकोटा संक्रमणवाट मुक्त भएकी छन् ।
बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षिय अंशु सापकोटाको छैटौँ रिपोर्ट पनि नेगेटिभ आएपछी शुक्रवार राति १० बजे अस्पतालवाट डिस्चार्ज भएकी हुन् ।
उनको पाँचौँ र छैटौँ पटकको थ्रोड स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएपछाडी डिस्चार्ज गरिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोख्रेलले जानकारी दिए ।
कोरोना संक्रमण देखिए पछाडी उनलाई धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिएको थियो । अस्पतालको पृथक बास (आईसोलेसन वार्ड)मा २८ दिन वसेर निको भएकी सापकोटाले अस्पतालबाट बिदा भएर जाँदाजाँदै भगवान समान डाक्टर तथा स्वास्थ्यकर्मीलाई हृदयदेखी धन्यवाद दिईन् ।
उनी गत चैत्र ४ गते वेल्जियमवाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिईन् । कोरोना परिक्षण गर्दा चैत्र १५ गते पोजेटिभ भएको पुष्टी भएको थियो । यो भन्दा अगाडी सापकोटा सँगै आएकी बागलुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षिया मनकुमारी पौडेल कोरोना संक्रमणवाट निको भई घरमा फर्की सकेकी छन् ।
कोरोना संक्रमित भएर पनि आफ्नो तस्विर र परिचय सार्वजनिक गर्ने पहिलो व्यक्ति हुन अंशु सापकोटा ।
अंशु निको भएसँगै नेपालमा कोरोनाबाट निको हुनेको संङख्या ११ पुगेको छ भने बाग्लुङ्ग जिल्लामा अब कुनै पनि कोरोनाका संक्रमितहरु छैनन् ।