
काठमाडौं । झापामा आज कोरोना पोजेटिभ देखिएका ६२ वर्षिय पुरुषमा अनौठो तरिकाले उनमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । झापा दमक नगरपालिका वडा नं ३ निवासी पुरुषका छोरो फागुन ३० कतारबाट आएका २८ वर्षिय छोराबाट भाइरस सरेको हो । तर, तीन २८ वर्षिय पुरुष(उनका छोरा)मा भने कोरोना नेगेटिभ छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।
बिहीबार छोरा विदेशबाट आएका हुनाले कोरोना भाइरस आरडीटी टेष्ट गर्न बोलाउदा पोजेटिभ देखिएपछि उनका परिवारको समेत स्वाव टेष्ट गरिएको थियो । उक्त आरडीटी टेष्टमा छोरा सहित तीन जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । कोरोना भाइरस शंका लागेर परिवारका तीन जना सदस्य सबैको पीसिआर टेष्टका लागि स्याप्पल लगेको थियो । आज अन्य सदस्यहरुमा भने कोरोना नेगेटिभ देखिएको रिपोर्ट आएको छ भने परिवारका एक सदस्यलाई भने ४२ दिनपछि पोजेटिभ देखिएको छ ।
यहाँ अर्को गम्भिर प्रश्न समेत खडा भएको छ । जसलाई पहिला कोरोना संक्रमण भएको हुनसक्ने व्यक्तिमा अहिले नदेखिनु र त्यो व्यक्तिको सम्पर्कबाट अन्यमा कोरोना पोजेटिभ देखिनुले झन सर्तक हुनुपर्ने देखाएको छ । पहिला संक्रमण भएका व्यक्तिलाई ठिक भएको वा उनलाई कोरोना भाइरस भएर पनि नदेखिएको हो ? झापा दमक नगरपालिकाले आज मात्र बैंठक बसेर नगरपालिकामा सर्तकता अपनाउने र उक्त वडामा र्यापिड टेष्ट गराउने तयारी गरेको बताएको छ ।
र यो पनि पढ्नुहोस् :