
१२ बैशाख, काठमाडौं :
झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर ३ मा बस्ने ६२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले आवातजावत लगायत कुनै पनि गतिविधि पूर्ण रुपमा निषेध गरेको हुँदा कसैलाई पनि घरबाहिर ननिसक्न अनुरोध गरेको छ ।
आज (शुक्रबार) एकै घरका ४ जनाको धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षण गर्दा एकजनामा कोरोना पोजेटिभ भेटिएको हो ।
कोरोना पोजेटिभ भेटिएका उक्त घरका एक व्यक्ति केही समय अगाडी दुवईबाट नेपाल आएको खुलेको छ । संक्रमित व्यक्ति तिनै विदेशबाट आउने व्यक्तिका बुवा भएको समाचारमा बताइएको छ ।
दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । दमक नगरापालिकाको उत्तरमा मावा पूल देखि बेलडाँगी १ समम् दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर, पूर्वमा हिमालय मा.वि. देखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोला सम्म चार किल्ला भित्र आवतजावत लगायतका कुनै पनि गतिविधि पूर्ण रुपमा निषेध गरिएको हुँदा को हपनि घरबाहिर ननिसक्नुहुन अनुरोध छ ।
नेपाल अहिलेसम्म ४९ जना व्यक्तिमा कोरना भाइरसको संक्रमण पाइएको छ । ११ जिल्लामा फैलिसकेको कोरोना संक्रमित मध्ये ११ जना निको भएर घर फर्किसकेका छन् ।