
काठमाडौं – दाङमा सामाजिक सञ्जाल फेसबुकबाट जरायोको मासु खान निम्तो गर्ने एक जना पक्राउ परेका छन् ।
फेसबुकबाट जंगली जनावर जरायोको सुकुटी खान निम्ता दिने दाङको गढ्वा गाउँपालिका वडा नं. ६ का ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले पक्राउ गरेको हो ।
पुनले आफ्नो फेसबुकमा ‘लकडाउनको सदुपयोग गरौं, मेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’ भनेर स्ट्याटस लेखेका थिए ।
उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।