
लण्डन / लण्डनमा रहेका पूर्व गोरखा सैनिक तथा साहित्यकार गोपाल शाहीको कोरोना संक्रमणका कारण निधन भएको छ । बुधबार शाहीको निधन भएको उनका नातेदार कपुर राणाले जानकारी दिए ।
कोरोना संक्रमणका कारण लण्डनको रोयल फ्रि अस्पतालमा दुई साताअघि भर्ना भएका ७२ वर्षीय शाहीको बुधबार दिउँसो निधन भएको थियो । सैनिक नम्बर २११५६०४१ का शाहीले सैन्य जीवनमा गोरखा ट्रान्सपोर्ट रेजिमेण्टमा सेवा गरेका थिए ।
लामो समय दक्षिण पूर्वी लण्डनमा बसोबास गरेका शाही अहिले ह्वाइटसिटी लण्डनमा श्रीमतीसहित बस्दै आएका थिए । पुर्ख्याैली घर प्यूठान भएका शाहीको परिवार अहिले भैरहवा र भारतको मुम्बईमा बस्ने गरेको छ । उनको श्रीमती, २ छोरी, १ छोरा छन् ।