
सरकारले तेस्रो पटक थपेको ‘लकडाउन’को अवधि सोमबार सकिँदैछ ।
लकडाउन थप्ने या खुलाउनेबारे शुक्रबारको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने अनुमान थियो । तर लकडाउनको बारेमा शुक्रबारको बैठकमा खास छलफल नभएको उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए।
लकडाउन थप्ने कि खुला गर्ने भन्ने विषयमा शनिबार या आइतबार बस्ने अर्को बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो ।
केही ठाउँमा कोरोनाको जोखिम कम देखिएकाले खुकुलो पार्ने र सङ्क्रमण देखिएका र जोखिम रहेका ठाउँमा थप कडाइ गर्ने सरकारको तयारी रहेको छ ।
विज्ञहरुले पनि सबै क्षेत्रको मार्किङ्ग गरेर नयाँ मोडलमा लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले मार्किङ्ग गरेर रेड, एल्लो र ग्रिन जोनको निर्धारण गर्ने र सोही अनुसार लकडाउनको मोडालिटीमा परिवर्तन गर्नुपर्ने सुझाव दिएका हुन् ।