
काठमाडौं– नेपाली कांग्रेसले विवादित दुई अध्योदश खारेजीका लागि सिफारिस गर्ने सरकारको निर्णयलाई सकरात्मक भनेको छ। सरकारको निर्णय लगत्तै ट्विट गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीकाे प्रतिक्षामा रहेको बताएका छन्।
अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश !@Pm_Nepal जनताको तर्फबाट आग्रह छ अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं l पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 24, 2020