
काठमाडौं । नेपाल समय अनुसार आज विहान ७ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख १८ हजार १ सय ३९ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९० हजार ६ सय ३५ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ४५ हजार ५ सय जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ४९ हजार ८ सय ४५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख ८० हजार २ सय ४ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २३ हजार ३९ पुगेको छ भने अहिलेसम्म ७ सय २१ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ४८ जना संक्रमित भएका छन् भने ९ जना निको भएर घर फर्किसकेका छन् । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने २ जना हिजो निको भएर घर फर्किएसँगै राजधानी काठमाडौं भने कोरोना संक्रमणबाट मुक्त भएको छ ।