काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शितलनिवास पुगेका छन् । सम्भवतः अध्यादेश फिर्ताको लागि सिफारिश पत्र लिएर उनी शितलनिवास पुगेको हुन सक्छ । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने तयारी गरेका समाचार बिहानै आएका थिए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष नेताहरुको तहबाट नै दबाब सिर्जना भएपछि ओली अध्यादेश फिर्ता लिने तयारीमा पुगेको नेकपाका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका थिए।
नेकपानिकट उच्च स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ। अध्यादेश फिर्ता लिनुपर्छ भनेर आफूहरुले सुरुदेखिनै प्रधानमन्त्री ओलीको कदमको विरोध गरेको सुनाउँदै खनालले प्रधानमन्त्री ओली ब्याक हुनुको विकल्प नभएको पनि जिकिर गरेका थिए ।
तर, यता अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्षसमेत रहेका सचिवालय सदस्य वामदेव गौतम पनि भेला भएका छन् । उनीहरु गौतमको भैसेंपाटीस्थित् निवासमा भर्खरै भेला भएको स्रोतको दाबी छ ।