
११ बैशाख, सप्तरी । लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दलितलाई एक वृद्धाले वुधवार राजविराजमा राहत वितरण गरेकी छन् । राजविराज–७ निवासी १ सय १ वर्षीया सुमनदेवी जोशीले आफ्नो घरमा २६ विपन्न तथा दलित परिवारलाई चामल र नून लगायतका राहत सामग्री वितरण गरेकी हुन ।
प्रतिपरिवार २५ किलो चामल र २ किलो नून वितरण गरिएको छ । ‘हजुरआमाको वृद्ध अवस्थामा यसरी समस्यामा परेकाहरुलाई केही सहयोग गर्ने निकै अभिलाशा थियो,’ उनका नाति हरेराम जोशीले भने ‘सोही अभिलाशा पूरा गर्न राजविराज नगरपालिका तथा रुपनी गाउँपालिकाको दलित बस्ती पुगि पहिचान गरिएका २६ विपन्न तथा दलित परिवारलाई घरमै ल्याई हजुरआमाकै हातबाट राहत वितरण गरिएको हो।’