
बिहिवार साँझ प्रधानमन्त्री केपी ओलीले कतारका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन् । उनले ट्वीट गर्दै उत्त कुरा बताएका हुन् । उनले त्यहाँ रहेको नेपालीको बारेमा चासो राखेको बताउँदै
विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गरेको बताए ।
आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।
— K P Sharma Oli (@kpsharmaoli) April 23, 2020