
मुम्बइ : बलिउड अभिनेता टाइगर श्राफ र दिशा पटानीका गस्सिप सार्वजनिक भइरहेका छन् ।
टाइगरका फ्यानले भने दिशा उनकै घरमा बस्न थालेको टिप्पणी गर्न थालेका छन् । केही भारतीय मिडियाले पनि लकडाउनको अवधिभर दिशा टाइगरसँग घरमै बसेको दावी गरे ।
टाइगरकी बहिनीले भने मुम्बइ मिररका लागि दिशा घरमै नबसे पनि नजिकै बसेको प्रतिक्रिया दिइन् । टाइगर र दिशा सँगै बस्न थालेको गस्सिप आउन थालेपछि कृष्णाले नजिकै बसिरहेको बताएकी हुन् ।
साथै सामान किन्न सँगै पसल जाने गरेको पनि उनले खुलाइन् । कृष्णाले मिडियासामु दिशाको खुलेर प्रशंसा पनि गरेकी छन् । टाइगर र दिशाको मित्रता वर्षौँ देखिको हो । पछिल्लो समय लकडाउनको अवधिमा टाइगर र उनकी बहिनीसँग अभिनेत्री दिशाको नियमित भेटघाट र कुराकानी भइरहने बताइएको छ ।
उनिहरूको प्रेमसम्वन्ध चलिरहेको कुरा त अब पुरानो पनि भइसक्यो । उनिहरू केहि बर्ष देखि गहिरो सम्बन्धमा छन ।