
काठमाडौं – कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण अहिल भारतिय फिल्मी बजार ठप्प छ । लकडाउका कारण बलिउडका सबै बलाकार घरमै छन् । अभिनेता सलमान पनि लकडाउनका कारण घरमै परिवारसँग समय बिताइरहेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत कोरोना सम्बन्धि सचेतनामुलक कुराहरु जानकारी गराइरहेका छन् । यसैक्रममा हालै अभिनेता सलमानको ट्विटरमा फलोअर्स बढेका छन् । उनका ४ करोडभन्दा बढी फलोअर्स पुगेका छन् ।
भारतमा ट्विटरमा बढि फलोअर्स हुनेमा उनी अमिताभ बच्चनपछि दोस्रोमा परेका छन् । अमिताभका ४ करोड १५ लाखभन्दा धेरै फलोअर्स छन् । अभिनेता सलमानको ट्विटरमा फलोअर्स बढेपछि प्रशंसकले बधाई दिएका छन् ।