
इटहरी । एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । कैलालीको घोडाघोडी नगरपालिका-३ धुसरकी कविता रोकायाले बुधबार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्
घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
वडाध्यक्षा कमल चौधरीले भने आमाले मोबाइल नदिएपछि बालिकाले आत्महत्या गरेको बुझिएको बताए । `बुवा लामो समय देखि भारत थिए । आमा र छोरी मात्रै घर थिए ´ उनले भने, ´हिजो साँझ मोबाइल मागेको र नदिएपछि झुन्डिएर आत्महत्या गरेको देखियो ।´