
काठमाडौँ । नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्रीको सचिवालयमा बसेर सरकारी तलव पचाएकाहरुले प्रधानमन्त्रीको बचाउका लागि धेरै चुरिफुरी गर्न नहुने सुझाव दिनुभएको छ । सरकारले जारी गरेको अध्यादेशलाई दिएर नेकपा नेताहरुबीच दोहोरी चलिरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाप्रति लक्षित गर्दै नेता गजुरेलले यस्तो सुझाव दिनुभएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै नेता गजुरेलले एकता प्रक्रिया पुरा नहुदै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फटाउने काम गरेको बताउनुभयो । गजुरेलले प्रधानमन्त्रीका कारण नेकपाका नेताहरुलाई समाजमा अनुहार देखाउन समेत समस्या भएको बताउनुभयो ।
उहाँले पार्टीको सचिवलयमा रहेका नेताहअरुले पार्टी र सरकार चलाउन नसकेको भन्दै तत्काल स्थायी कमिटीको बैठक बोलाए छलफल गर्न आवस्यक भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको सचिवालमा बसेर सरकारी तलव खानेहरुले पार्टीको बदनाम गराएको भन्दै उनिहरुलेको बोलीमा लगाम लगाउन आवस्यक भएको दावी गर्नुभयो ।
गजरेलले भन्नुभयो,‘प्रधानमन्त्री र उहाँको सचिवालयका सरकारी रासन वालाहरुले अध्यादेशको अर्थ पार्टी फुटाउने काम हो भनेर बुझेका छैनन् । अहिले कसैलाई नसोधी अध्यादेश ल्याउने समय थिएन । प्रधानमन्त्रीले पार्टी फुटाई सक्नुनभयो । पार्टी फुटाउन बाहेक अरु अध्यादेशको अर्थ लाग्दैन’ ।
उहाँले औपचारिक रुपमा अहिले नै पार्टी नफुटे पनि आसय यहि भएको भन्दै पार्टी फुटाउन प्रधानमन्त्रीको इच्छा पुरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले यो समयमा यस्तो कदमा चाल्नुभो । के भन्ने भन्ने गारो भो । जनताले नपत्याउने काम प्रधानमन्त्री कार्यलयमा बसेर छुच्चा कुरा गर्न मिल्दैन । यस्तो बेलामा यस्तो अध्यादेश ल्याउन हुने थिएन । फिर्ता गर्नुपर्छ । पार्टीमा छलफल भएको छैन । केपी ओली भनेको पार्टीले बनाएको प्रधानमन्त्री हो । प्रधानमन्त्रीका कारण टाउको लुकाउनै गाह्रो भो’ ।