
काठमाडौं – उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी फुटाएका ८ सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो आश्वासन दिएको खुलेको छ ।
नेतृ रेणु यादवको नेतृत्वमा विभाजित उक्त समूहलाई प्रधानमन्त्री ओलीले उपसभामुखसहित २ ओटा मन्त्रालय दिने आश्वासन दिएको प्रधानमन्त्री निकट श्रोतको भनाई छ ।
ओलीले पूर्वसहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइलाई सोही मन्त्रालयको जिम्मेवारी सुपिने र पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।
त्यस्तै, प्रतिनिधि सभाको उपसभामुख पनि सोही समूहलाई दिने तयारी प्रधानमन्त्रीले गरेका छन । जसमा रेणु गुरुङलाई उपसभामुख बनाउन प्रधानमन्त्री तयार रहेको बुझिएको छ । नयाँ दलमा ८ जना सांसद छन् । सो समूहमा रेणु यादव सहित मोहम्मद इस्तियाक राइ, सुरेन्द्र यादव, विमल श्रीवास्तव, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन ।
राजपा र समाजवादी एकीकरण घोषणासँगै उनीहरुले पार्टी विभाजनको घोषणा गरेका हुन् । पार्टी विभाजन रोक्न राजपा र समाजवादीले एकता घोषणा गरेका थिए ।