
काठमाडौं । समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अप-हरण गरिएको दाबी गरेको छन् ।
बुधबार साझ आफ्नो ट्वीट मार्फत पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले डा. यादवलाई जनकपुरबाट अपह-रण गरेको दाबी गरेका हुन् ।
आज वैशाख १० गते साँझ ५.० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाण्डौबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाण्डौतिर लगेको छ!
— Bishwadeep Pandey (@BishwadeepP) April 22, 2020
उनले लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपह-रण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौंतिर लगेको छ!’
ओलीतन्त्रको यो नांगो रूप ! धन्य कमाउनिष्ट कणहरू! https://t.co/CJJqyJ2YzV
— Baburam Bhattarai (@brb1954) April 22, 2020