१० वैशाख । भारतको दिल्ली महानगरमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार १ सय ५६ पुगेको छ भने भारतभर संक्रमित हुनेको सङख्या साढे २० हजार को हाराहारीमा पुगेको छ ।
बुधबार बेलुका ८ बजेसम्मको तथ्याङ्क अनुसार भारतमा संक्रमण हुनेको सङख्या २० हजार ४ सय ७१ पुगेको हो । भारतमा अहिलेसम्म ६ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजार ९ सय ७६ जना निको भएर फर्केका छन् । अहिले भारतका विभिन्न अस्पतालमा १५ हजार ८ सय ४३ जना विरामीहरु उपचाररथ ।
यसैगरी दिल्लीका पनि कैयौँ पत्रकारलाई कोरोनाको संक्रमण भएका समाचारहरु पनि आइरहेको जानकारी उनले दिए । तर कतिजना पत्रकारलाई संक्रमण भएको छ भन्ने बारेमा भने उनले केही बताएनन् ।
त्यसैगरी महाराष्ट्र राज्यमा पनि कारोनाबाट कैयौँ पत्रकार संक्रमित भएका समाचार आएको छ भन्दै उनीहरुको उपचारका लागि हामीहरुले विशेष व्यवस्था गर्नेछौँ, मन्त्री जैनले बताए ।
पत्रकारहरुले आफुले चाहेमा परीक्षण गर्न सक्ने पनि उनले बताए ।