
कैलालीको सदरमुकाम धनगढीको हाटबजारमा ५० र १०० रुपैयाँका फालिएको अवस्थामा ३ सय ५० बढी रुपैयाँ फेला परेका छन्।
बुधबार दिउँसो धनगढीको त्रिनगरर हाटबजारमा पैसा भेटिएपछि एकजना व्यपारीले प्रहरीलाई खबर गरेका थिए।
अहिले प्रहरीले उक्त क्षेत्रलाई सिल गरेर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले पैसा फालिएकोमा कसैको खसेको हो भन्ने विषयमा अनुसन्धानपछि थाहा हुने बताए।
हाट बजार भएकाले पैसा खसेको पनि हुनसक्ने उनले बताए।
केही दिनअघि जनकपुरमा पनि यस्तै घटना भएको थियो। सडकमा पैसा खसेको देखेपछि स्थानीय त्रसित भएका थिए। पैसा खसाएको आशंकामा प्रहरीले पछि दुई स्थानीय महिलालाई पक्राउ गरेको थियो। ती महिलाले पैसा खसाएको नभई खसेको बयान दिएपछि उनीहरूलाई प्रहरीले रिहा गरिदिएको छ।