
काठमाडौं / अभिनेत्री पूजा शर्माले लेखेको एक स्टाटसले उनको शुभचिन्तकलाई खुशी बनाएको छ । पूजा लक डाउनका कारण घरमै छिन् ।
उनले दैनिक केही न केही कुरा सामाजिक संजालमा शेयर गरिरहेकी हुन्छिन् । पूजाले लेखेको स्टासटमा उनले आफूलाई सम्मान गर्नेलाई आफूले पनि जहिले सम्मान गर्ने बताएकी छिन् ।
यस्तै, आफूलाई विर्सने मानिसलाई आफूले पनि विर्सने पूजाको स्टाटसमा लेखिएको छ । पूजाले आखिर यो कुरा कसलाई भन्न खोजेकी हुन, यो उनले नै जान्ने कुरा भयो । तर, पूजाले आफूलाई कसैले विर्सिएकाले आफूले पनि विर्सिएको तर्फ संकेत गरेकी छिन् ।
नायिका पूजा शर्मा यतिबेला सञ्जालमा छाइरहेकी छिन् । अर्कि अभिनेत्री सुस्मा कार्कीले केही युट्युब अनलाइन र टेलिभिजनमा दिएको अन्तरवार्तामा पूजा शर्माको नाम समेत जोडिएपछि उनको चर्चा चलेको हो ।
चलचित्र ‘म यस्तो गीत गाउछु २’ पदर्शनको मुखैमा लकडाउनले प्रदर्शन स्थगित भएपनि नायिका शर्मा अहिले घरमै सरकारको नियमलाई पालना गइरहेकी छिन् ।