
नेपालमा अहिलेसम्म ४५ जनालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । आज थप ३ जनालाई सङ्क्रमण भएको पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । सङ्क्रमित ४५ मध्ये सात जना भने उपचार पछि घर फर्किएका छन् ।
आजै दुई जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षका एक जना १९ दिन पछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
यस्तै, काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत अर्का एक जना कोरोना सङ्क्रमित पनि डिस्चार्ज भएका छन् । धादिङका ३२ वर्षका सङ्क्रमितको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज गरेको मन्त्रालयले जनाएको छ।
३५ जना उपचाररत छन् भने ३ जना अस्पताल लगिदैछन् ।
धादिङ्गका युवकको डिस्चार्जपछि टेकु अस्पतालमा कोही पनि कोराना भाइरसको संक्रमित नहुने भएका छन् । यसअघि नेपालकी दोस्रो कोरोना भाइरसकी संक्रमित ६ वैशाखमा निको भई डिस्चार्ज भएकी थिइन् ।