धनगढी : सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएका छन्।
सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपनि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।
उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो। यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय संक्रमित युवकलाई सञ्चो भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ।
दुबै जनाको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएको छ। अहिले कञ्चनपुरका ४१ बर्षीय पुरुषसंगै धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको पनि सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ। अन्य केही शंकास्पद बिरामीको समेत उपचार भईरहेको छ।