
काठमाडौं । आफुलाई भ्रष्टचार अभियन्ता बताउने ज्ञानेन्द्र शाही प-क्राउ परेका छन् ।
उनी कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन उल्लङ्घन गरेको आरोपमा प-क्राउ परेका हुन् ।
लकडाउन उल्लङ्घन गरेको भन्दै उनलाई मंगलबार राति ललितपुरको सुनाकोठीबाट प-क्राउ गरिएको प्रहरीले जनाएको छ ।
लकडाउन उल्लङ्घन गरेको आरोपमा प-क्राउ परेका शाहीलाई प्रहरी परिसर ललितपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । उनीमाथि अहिले थप अनुसन्धान भइरहेको जनाइएको छ ।