
काठमाडौं, १० बैसाख । दुई–चार पैसा कमाउने सपना बोकेर कुवेत पुगेका थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेका थप १० नेपालीमा कोरोना संक्रमण देखिएकोे कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिएका छन् ।
योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
सबै संक्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको सिलवालले जानकारी गराएका छन् । पछिल्लो समय प्रवासमा रहेका धेरै नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । यस्तै धेरै संक्रमणको जोखिममा छन् ।