
काठमाण्डु, १० वैशाख– आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव कायम रहेकाले देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली भइरहेको महाशाखाको भनाइ छ ।
म्हाशाखाले देशका पहाडी भू–भागका धेरै स्थान, मध्य र पूर्वी तराईका केही स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।