
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका १० जना स्थानीयवासीमा कोरोना भाइरसको पुष्टि भएको छ ।
यसअघि १३ जना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद टोलका थप १० जनामा पनि कोरोना पुष्टि भएको हो ।
२ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो भने बाँकी ८ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा देखिएको उदयपुर जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
साउदीबाट फर्केर १२ दिन काठमाडौं बसेका युवकमा आरडीटी पोजेटिभ
भोजपुर । हतुवागढी गाउँपालिकामा एक युवकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण्ना देखिएको छ । गाउँपालिकाको २६ वर्षीय युवकको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
द्रुत परीक्षण विधि (आरडीटी)बाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभएको छ । ती युवक फागुन ३० गते साउदीबाट नेपाल आएका हुन्र । उनी १२ दिन काठमाडौं बसेर भोजपुर आएका हुन् । उनी ११ गते हतुवागढी आइपुगेका हुन्। होम क्वारेन्टाइनमा रहेका उनलाई (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिइएको छ ।
उनको स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पतालबाट चिकित्सकको टोली हतुवागढी तर्फ लागेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनको स्वाब संकलन गरेर परीक्षणका लागि बुधबार विहान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने कार्यालयले जनाएको छ ।