
काठमाडौं । नेपालमा फेरि एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जनामा कोरोना देखिएको बताएका हुन् । उनी उदयपुरका हुन् । उनी ३३ वर्षका पुरुष हुन् ।
कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज कोभिड–१९ का एकजना थप संक्रमित थपिएकाे बताएका हुन् ।
मंगलबार उदयपुरको भुल्केमा ८ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि उनीहरूलाई आजै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
त्रियुगा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष अबधेस कुमार चौधरीले संक्रमित आठै जनालाई बिहानै दुइटा एम्बुलेन्समा धरान पठाइएको जानकारी दिए। अहिले आठै जनालाई आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ।
कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उदयपुरका ८ जनालाई ११ बजे धरान लगियो, आइसोलेसनमा भर्ना
विराटनगरको ल्याव परीक्षणमा कोरोना ‘पोजेटिभ’ देखिएका उदयपुरका ८ जना नै स्थानीय पुरुष
उदयपुरको त्रियूगा नगरपालिका – ३ भुल्केस्थित थप आठ जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको स्थानीय पुरूष रहेका छन् ।
विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो । संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो । तीनैमध्ये कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो । उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर मगरले जानकारी दिए ।
उनका अनुसार दुईवटा एम्बुलेन्समा राखेर साढे ११ बजे उनीहरुलाई धरान पठाइएको बताए । ‘धरान पढाएको सबै पुरुष हुन्,’ एसपी मगरले भने,’ एम्बुलेन्समा पठाएको भुल्केका स्थानिय हुन् । स्वास्थ्य कार्यालयबाट धरान पठाउने व्यवस्था गरिदिनुप¥यो भनेपछि हामीले पठाएको हो ।’ यसअघि संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन् ।