
नायिका बर्षा सिवाकोटीले आफ्नो फेक टिकटक र ट्वीटर आइडी बनाउने माथि कानुनी कारवाही अगाडी बढाउने बताएकी छन् ।
उनले आफ्नो कुनै अफिसियल टिकटक र ट्वीटर आइडी नभएको भन्दै लकडाउन सकिए संगै एक्सन लिने बताएकी छन् ।
लकडाउनको फुर्सदिलो समयमा अधिकांश व्यक्तिले धेरै समय इन्टरनेटमा बिताउन थालेका छन् ।
सकारात्मक संग संगै नराम्रो काममा समेत सामाजिक संजालको प्रयोगकर्ता बढ्न थालेका छन् ।
यसैको कारण हुन सक्छ नायिका सिवाकोटीको पोष्ट ।
केही दिन यता सामाजिक संजाल प्रयोगकर्ताकै कारण लामो समयबाट एक अर्काबाट टाढा रहन चाहने नायिका पूजा शर्मा र सुष्मा कार्कीबीच समेत ठुलो फाटो आएको छ । यस विषयमा सुस्माले कानुनी बाटो समाती सकेको उनले एक अन्तर्वार्तामा बताएकी छन् ।