
काठमाडौं । प्रहरी प्रधान कार्यलयले सातवटै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।
नेपाल प्रहरीले हालै एसएसपीबाट डिआइजीमा बढुवा भएका १० मध्य ७ लाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।
हालै डिआइजीमा बढुवा भएका १० मध्य सहकुलबहादुर थापा, अरुणकुमार विसी र प्रकाशजंग काकी बाहेक ७ जनाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।
जस अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापा, डीआईजी अरुणकुमार विसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको जिम्मेवारी दिइएको छ ।
कुन प्रदेशमा को ?
एसएसपीबाट बढुवा भएका १० मध्य ७ डिआइजीहरुमा प्रदेश १ मा ईश्वरबाबु कार्की, २ नं. प्रदेशमा धिरजप्रताप सिंह, बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी छन् ।
त्यस्तै केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ भने हाल प्रदेश नं. २ मा कार्यरत डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ ।